मंगलबार, असार २३, २०८३

ओमनमा यसरी अभ्यास गर्दैछ नेपाली क्रिकेट टोली [फोटो फिचर]

मंगलबार ओमन पुगेको टिमका सबै खेलाडीको बुधबार कोभिड रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले अभ्यास थालेको हो।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

ओमन- मंगलबार ओमन प्रस्थान गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमले बिहीबार अभ्यास सुरु गरेको छ। मंगलबार ओमन पुगेको टिमका सबै खेलाडीको बुधबार कोभिड रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले अभ्यास थालेको हो।

ओमन र अमेरिकासँग समान २–२ खेलका लागि नेपाली टोली ओमन पुगेको हो। यी खेल विश्वकप लिग-२ अन्तर्गतका हुन्। 

नेपालले घरेलु मैदानमै ओमन र अमेरिकासँग दुई/दुई खेल खेलिसकेको छ। अमेरिकालाई हराएको नेपालले ओमनसँग भने हारमा चित्त बुझाएको थियो।अंकतालिकामा नेपाल ४ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ। शीर्षस्थानको ओमनले २६ अंक बटुलेको छ।

ओमन पुगेका खेलाडी
ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवकर र बिक्रम शोब

प्रशिक्षक र अफिसियल
डेभ वाटमोर, मोहम्मद दाउद अन्सारी, रमण शिवाकोटी, विक्रम न्यौपाने र राशेक काशिभाई गाहिल 
हेरौँ अभ्यासका तस्बिर

प्रकाशित: Aug 26, 2021| 21:06 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।