बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • करेन्टबाट ज्यान गुमाएका ५ युवाको परिवारलाई बल्ल राहात

करेन्टबाट ज्यान गुमाएका ५ युवाको परिवारलाई बल्ल राहात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- डोटीको आदर्श गाउपालिका–१ चाँसी गाउँमा  करेन्ट लागेर ज्यान गुमाउनेका परीवारले एक वर्ष पछि राहात पाउने भएका छन् । 

गत बर्ष वर्ष असार १९ गते करेन्ट लागेर  ज्यान गुमाएका पाँच युवकका परिवारले एक वर्षपछि सरकारबाट राहत पाउने भएका हुन् । मृतकका परिवारलाई प्रतिपरिवार पाचरपाच लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । 

करेन्ट लागेर मृत्यु भएकाका परिवारले वर्ष दिन बितिसक्दा समेत राहत नपाएको भन्ने समाचार प्रकाशित भएपछि आफूले मन्त्रालय तथा विद्युत प्राधिकरणमा पत्रचार गरेकाले मृतकका परिवारले जनही ५/५ लाख तथा उपचार खर्च समेत पाउने निर्णयसहितको पत्र आएको उनले जानकारी दिए ।

गाउँमा रहेको बिद्युतको पोल सार्ने क्रममा करेन्ट लागेर चाँसी गाउँकामा ५ युवाको ज्यान गएको थियो । करेन्ट लागेर मृत्यु भएका परिवारलाई नेपाल विद्युत प्राधिकरणले किरिया खर्च बापत जनही २५ हजार र आदर्श गाउँपालिकाले ३० हजार रुपैयाँ तत्कालै राहत दिएपनि राहातका लागि पीडित परिवारले निकै पहल गरेको पीडित नरेन्द्र खड्काले जानकारी दिए ।

करेण्ट लागेर चाँसी गाउँका ३० वर्षीय जयन्द्र खड्का, २३ वर्षीय लोकेन्द्र खडका, २४ वर्षीय  वीरेन्द्र खड्का,२४ वर्षीय  दीपबहादुर खडकाको घटना स्थलमै ज्यान गएको थियो भने  २५ वर्षीय नारायण खडकाको काठमाडौंको कान्तिपुर बर्निङ्ग अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो । बिवाह पाटीमा रम्दै गरेको गाउँ एकैछिनमा शोकमा डुबेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।