बुधबार, साउन २७, २०८३

नेकपाको सचिवालय बैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सत्तारुढ दल नेकपाले मंगलबारका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ।

मंगलबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार छलफलपछि स्थगित गरिएको हो।

अर्को बैठक यही साउन ९ गते दिउँसो १ बजेका लागि तय भएको छ।

मंगलबार बस्ने भनिएको बैकठमा पार्टीका विभिन्न विभागहरुको नेतृत्व चयन गर्ने एजेण्डा थियो।

विभागहरुको नेतृत्वका विषयमा पूर्व एमाले र पूर्व माओवादी पक्षबीच खिचातानीको अवस्था आएका बेला बैठक दुई दिन पर धकेलिएको हो।

खासगरी नेकपाको स्कुल विभागको नेतृत्व र संगठन विभागको नेतृत्वका विषयमा दुबै पक्षका नेताहरुले बढी रुची देखाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।