बुधबार, साउन २७, २०८३

विप्लवका जुम्ला सेक्रेटरीसहित दुई जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्य जुम्लाका अनुसार शाही सहित युवा संगठनका कर्णाली ब्युरो ईन्चार्ज बखतबहादुर बिष्ट पनि रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी सिताराम रिजालका अनुसार विशेष सूचनाका आधारमा आज हिमा गाउँपालिकाको धाँचुगाउबाट पक्राउ गरेको हो। 

उनीहरुको साथबाट पार्टीका पर्चापम्पलेट, सदस्यता पत्र र विभिन्न दस्तावेजहरु समेत फेला पारेको छ।

दुई साता अघि तिलागाउपालिका र चन्दननाथ नगरपालिकामा तालाबन्दी गरेपछि विप्लवका गतिविधि विरुद्ध प्रहरीले उच्च निगरानी बढाएको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।