बुधबार, साउन २७, २०८३

नेपाल समय डट कमको सम्पादकमा शर्मा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाल समय डट कमको सम्पादकमा सञ्जीव शर्मा नियुक्त भएका छन्। नेपाल समय मिडिया प्रालि व्यवस्थापनले शर्मालाई यही साउन १ गतेदेखि लागू हुने गरी सम्पादकमा नियुक्त गरेको हो। 

झन्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय शर्मा लामो समयसम्म हिमाल मिडियामा आबद्ध थिए। शर्मा हिमाल खबर पत्रिकाको सहायक सम्पादक र हिमाल खबर डटकमको समाचार संयोजकको जिम्मेवारीमा थिए। 

त्यसअघि उनी मधेश पोस्ट दैनिकका सम्पादक थिए। शर्मासँग नेपाल वान टेलिभिजनलगायत विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ। नवनियुक्त सम्पादक शर्मालाई स्वागत गर्दै नेपाल समय मिडिया प्रालिका अध्यक्ष विश्वनाथ प्रसाद शाहले शर्माको नेतृत्वमा नेपाल समय डट कमले विश्वसनीय र व्यावसायिक पत्रकारिताको थप अभ्यास गर्दै जाने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।