आइतबार, साउन १७, २०८३

‍‍खोपको प्राथमिकतामा परीक्षार्थी, प्रवेश पत्र लिएर खोप केन्द्र जान सरकारको अनुरोध

मन्त्रालयले सबै परीक्षार्थीहरूलाई प्रवेश पत्र लिएर खोप केन्द्रमा जान समेत भनेको छ। परीक्षार्थीहरूलाई खोप लगाउने कार्यमा सहजीकरण गरिदिनसमेत मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं- सरकारले विभिन्न तहका परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोपको प्राथमिकतामा पारेको छ। कक्षा ११ र १२ का साथै विभिन्न विश्वविद्यालयका परीक्षार्थीलाई खोपको प्राथमिकतामा पारिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको हो। 

मन्त्रालयले सबै परीक्षार्थीहरूलाई प्रवेश पत्र लिएर खोप केन्द्रमा जान समेत भनेको छ। परीक्षार्थीहरूलाई खोप लगाउने कार्यमा सहजीकरण गरिदिनसमेत मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ। 

'विभिन्न खोप केन्द्रमार्फत कक्षा १२ वा सोभन्दा माथिका विभिन्न तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गरी कोभिड-१९ विरुद्धको खोप सेवा उपलब्ध गराउने प्रबन्ध मिलाइसकिएको छ,' मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, '१८ वर्ष वा सोभन्दा बढी उमेर समूहका सबै परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, सीटीईभीटी, विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानबाट उपलब्ध गराइएको प्रवेश पत्रसहित नजिकको खोप केन्द्रबाट खोप सेवा लिनुहुन सबैमा हार्दिक अनुरोध छ।' 

यसअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिले परीक्षार्थीहरूलाई खोपको व्यवस्था गरी भौतिक रूपमा परीक्षा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको थियो। 

प्रकाशित: Aug 26, 2021| 19:42 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्