बुधबार, साउन २७, २०८३

हँसियाले हानेर छोराले गरे बाबुको हत्या, आमा गम्भीर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–११ मा छोराले हँसिया प्रहार गरि बाबुको हत्या गरेका छन् । आमा गम्भीर घाइते भएकी छिन् । 

वडा नम्वर ११ सिसैयाका ५५ वर्षीय उदे रावतले ७५ वर्षीय बाबु काल्चे रावतको हत्या गरेका हुन् । 

इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष जोशीले आइतबार राति बाबु छोराको घरायसी कुरामा झगडा हुदा छोराले बाबुको टाउकोमा हँसिया प्रहार गरेको खुलेको छ । 

छोराले सधै मदिरा सेवन गर्ने र बाबुले मदिरा सेवन नगर भनेर सम्झाउँदा हसिया प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जोशीले जानकारी दिए । छोरालाई प्रहरीले नियन्त्रणमा लिईसकेको जनाएको छ । 

यस्तै हँसिया प्रहारबाट रावतकी आमा नन्दा गम्भीर घाईते भएकि छिन् । उनलाई आइतबार राति नै कोहलपुर रेफर गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।