आइतबार, जेठ ३, २०८३

कैलालीको चिसापानी बन्यो डेंगुको 'हटस्पट', एकैदिन २२ संक्रमित भेटिए

कैलालीको चिसापानीमा एकैदिन २२ जनामा डेंगुका बिरामी फेला परेका छन्। लम्कीचुहा नगरपालिका–३, चिसापानीमा बिहीबार एकैदिन डेंगुका २२ जना बिरामी फेला परेका हुन्।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

धनगढी- कैलालीको चिसापानीमा एकैदिन २२ जनामा डेंगुका बिरामी फेला परेका छन्। लम्कीचुहा नगरपालिका–३,  चिसापानीमा बिहीबार एकैदिन डेंगुका २२ जना बिरामी फेला परेका हुन्। 

National life

एक दिने निःशुल्क डेंगु रोग परीक्षणमा शिबिरमा शंकास्पद एक सय जनाको परीक्षण भएको थियो। तीमध्यये २२ जनामा डेंगु देखिएको लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिइन्। १४ जना महिला र ८ जना पुरुषमा डेंगु देखिएको स्वास्थ्य शाखा प्रमुख बिसीको भनाइ छ। 

अस्थायी कोभिड अस्पताल लम्कीचुहाका व्यवस्थापक प्रमुख तप्त भण्डारीले लम्कीचुहा क्षेत्रका ३६ जनाभन्दा बढीलाई यसअघि डेंगुको संक्रमण देखिएको बताए। ‘केही सञ्चो भएर घर फर्किएका छन्, कोही उपचार गराइरहेका छन्,’ उनले भने, ‘डेंगुका बिरामीले अहिले अस्पतालका शय्या भरिएका छन्।’

डेंगु देखिन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको अस्पतालका इञ्चार्ज डाक्टर प्रकाश तिमिल्सेनाले बताए। उनले अस्पतालमा भर्ना भएका बढी बिरामी चिसापानी क्षेत्रका रहेको बताए।

सातायता चिसापानी डेंगुको ‘हटस्पट’ बनेपछि रोग न्यूनीकरण तथा नियन्त्रणको लागि लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्ने, वयस्क लामखुट्टे मार्न विषादि छर्कन सुरु गरीएको वडा अध्यक्ष भक्तबहादुर चलाउनेले बताए।

प्रकाशित: Aug 26, 2021| 19:31 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्