बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विवादमा फस्यो मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेट

विवादमा फस्यो मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- विवादका अनेक श्रृङ्खला भोग्दै आएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) ले नवौं सिनेट (साधारण सभा) पनि विवादमा फसाएको छ। सिनेट सुर्खेत कि काठमाडौंमा भन्ने विवादका बीच पदाधिकारीहरुले भने काठमाडौंमा सिनेट सम्पन्न गरेका छन्।

आइतबार काठमाडौंमा बसेको सिनेटले सुर्खेतको चौकुने र दैलेखको गुराँस गाउँपालिकाका दुईवटा क्याम्पसलाई आंज्ञिक क्याम्पस बनाउन अनुमति प्रदान गरेको छ।

गाउँपालिका र जनताको सहभागितामा कृषि तथा वन विज्ञानमा आधारित कार्यक्रम सञ्चालन गर्नेगरी सुर्खेतको चौकुनेमा रहेको कर्णाली कृषि तथा वन विज्ञान क्याम्पस र दैलेखको गुराँस बहुमुखि क्याम्पसलाई आंज्ञिक क्याम्पसका रुपमा अनुमति प्रदान गरेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिए।

यस्तै सिनेटले आर्थिक वर्ष २०७६/०७७ का लागि अनुमानित कूल बजेट १ अर्ब ३ करोड ७० लाख २६ हजार रुपैयाँ विनियोजन गरेको छ। जसमध्ये पूँजीगत तर्फ ३७ करोड १२ लाख ६२ हजार अर्थात ३५ प्रतिशत र संचालनतर्फ ६६ करोड ५७ लाख ६४ हजार अर्थात ६४ प्रतिशत स्वीकृत गरेको छ।

निमित्त रजिष्ट्रार यमबहादुर कार्कीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को लागि अनुमानित बजेट तथा कार्यक्रम लगायतका महत्वपूर्ण प्रस्तावमा पारित भएका छन्। कूलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको सिनेटमा विश्वविद्यालयका सदस्यहरुसहित संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको पनि उपस्थिति थियो।

यता काठमाडौंमा भएको सिनेको विरोधस्वरुप विद्यार्थीहरुले पनि सुर्खेतमा सांकेतिक सिनेट संचालन गरेका छन्। विद्यार्थी नेता प्रेम खड्काको अध्यक्षतामा भएको सांकेतिक सिनेटलले विश्वविद्यालयले संघीयतालाई गिज्याउने काम गरेको बताए।

उनीहरुले काठमाडौंमा सिनेट गरेरे विश्वविद्यालयले कर्णालीका जनताको मनोभावनामा ठेस पुर्याएको धारणा राखेका थिए।

यसअघि असार ४ मा भएको विश्वविद्यालयको नवौं वार्षिकउत्सवसमेत विद्यार्थीहरुले बहिस्कार गरेका थिए। विश्वविद्यालयको गरिमामाथि नै आँच पुग्ने गरी काठमाडौंका निजी कलेजहरुको प्रचार–प्रसार गर्ने उद्देश्यले टी-सर्टमा वितरण गरेका थियो। 

कलेजको विज्ञापन गरिएको टी-सर्ट विद्यार्थीहरुले खोस्न थालेपछि कडा सुरक्षा घेराभित्र उत्सव मनाएको थियो। तर पनि कडा सुरक्षाका बीच राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजका केही टी-सर्ट विद्यार्थीले खोसेर बाढी पीडितलाई बुझाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।