बुधबार, साउन २७, २०८३

माइला लामा पक्राउप्रति आपत्ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अखिल नेपाल जनसांस्कृतिक महासंघले अध्यक्ष माइला लामा पक्राउको घटनाको निन्दा गरेको छ।

बेथानमोर्चाका घाइते योद्धा एवम् राष्ट्रियस्तरका प्रतिष्ठित सर्जक, प्रतिभाशाली, चर्चित कलाकार तथा सङ्गीतकार माइला लामालाई केवल वैचारिक आस्थाकै आधारमा अपमानपूर्ण र आपत्तिजनक हिसाबले पक्राउ गरिनु खेदपूर्ण रहेको महासंघले जनाएको छ।

महासंघले विज्ञप्तिमा भनेको छ, ‘सरकारी भाषामै पनि यो लोकतान्त्रिक मूल्य-मान्यताविपरीत छ। यतिबेला देशमा लेखक, कवि, कलाकार, साहित्यकार सबै असुरक्षित हुँदै गएका छन्।’महासङ्घले अध्यक्ष माइला लामालाई तत्काल बिनासर्त रिहा गर्न अपिल गरेको छ।

साथै महासंघले माइला लामाको गिरफ्तारीको विरोध तथा रिहाइका लागि मानवअधिकारीवादी, कानुनविद्, बौद्धिक–प्राज्ञिकवर्ग, पत्रकार, चलचित्रकर्मी एवम् कलाक्षेत्रका सम्पूर्ण महानुभावलाई आह्वान गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।