बुधबार, साउन २७, २०८३

गुठी मातहतको सम्पूर्ण जग्गाको विवरण माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले गुठी संस्थानसँग गुठीको सम्पूर्ण जग्गाको विवरण माग गरेको छ ।

समितिले आइतबार त्रिपुरेश्वरस्थित गुठी संस्थानको कार्यालयमा पुगेर गुठीको जग्गाको सम्पूर्ण विवरण उपलब्ध गराउन माग गरेको हो । 

समितिका संयोजक गणपतिलाल श्रेष्ठ नेतृत्वको समितिले संस्थानका अध्यक्ष मिनराज चौधरीलाई बुझाएको ज्ञापन पत्रमा गुठीका चल÷अचल सम्पत्ति र त्यसको कारोबारको विवरण पनि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । 

गुठीको जग्गा तथा चल/अचल सम्पत्ति व्यक्तिले आफ्नो नाममा ल्याएर भोग चलन गरिरहेको समाचार बाहिर आउन थालेपछि समितिले त्यसको सम्पूर्ण विवरण उपलब्ध गराउन गुठी संस्थानसँग माग गरेको हो । 

गुठीको जग्गासहितका चल/अचल सम्पत्तिको सम्पूर्ण विवरण गुठी संस्थानसँग माग गरिएको समितिका संयोजक श्रेष्ठले बताए । गुठीको सम्पत्तिको संरक्षण गर्न पनि समितिले गुठी संस्थानसँग सो विवरण माग गर्नुपरेको पनि संयोजक श्रेष्ठको स्पष्टिकरण छ ।

यता, गुठी संस्थानका अध्यक्ष चौधरीले कार्यालयमा उपलब्ध भएको गुठीको सम्पत्तिको सम्पूर्ण वितरण समितिलाई बुझाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले ६९ वटा जिल्लामा गुठीहरु रहेकाले त्यसको तथ्यांक संकलन गर्न भने केही समय लाग्ने पनि स्पष्ट पारे ।

समितिका संयोजक श्रेष्ठले गुठी संस्थानलाई गुठीको जात्रा, पर्वमा दिने गरेको खर्चको विवरण पनि माग गरिएको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।