बुधबार, साउन २७, २०८३

पत्रकार लोभ्याउँदै काठमाडौं महानगर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

 काठमाडौं- काठमाडौं महानगरपालिकाले यस वर्ष पनि १० जनालाई पुरस्कृत गर्ने भएको छ। महानगरपालिकाले सुशासन १० जनालाई पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हो।

पुरस्कार रकम जनही ५० हजार रुपैयाँ छ। महानगरपालिकाले आफ्ना पक्षमा समाचार लेखाउन पत्रकारहरूलाई पुरस्कृत गर्न खोजेको भन्दै चौतर्फी  आलोचना भइरहेको छ।

महानगरपालिकाका प्रेस सल्लाहकार राजेन्द्र स्थापितले भने यसलाई कुनै प्रलोभन नभई सम्मान खातिर पुरस्कृत गर्न लागिएको बताए।

पत्रकारिता क्षेत्रबाटै चौतर्फी विरोध तथा खारेजका लागि नै दबाब चलिरहेको अवस्था छ।

गत वर्ष पत्रकारहरू पुष्प ढुंगाना, छेटु शेर्पा, सुरञ्जन घिमिरे, खिलक बुढाथोकी, दीपेन्द्र बिष्ट, रवीन्द्र घिमिरे, सुगतरन्त सिन्धुकार, सिल्भिया राजोपाध्याय, रामशुभक महतोलाई र संस्थागत रूपमा नेवाः एफएमलाई दिएको थियो। विष्टले महानगरीय सुशासन पत्रकारिता पुरस्कार बहिष्कार गरेका थिए।

यस वर्ष प्रेस काउन्सिलका प्रतिनिधिको संलग्नतामा पुरस्कृतको नाम छनोट गरिएको प्रेस सल्लाहाकार राजेन्द्र स्थापितले जानकारी दिए।
 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।