बुधबार, साउन २७, २०८३

नेकपाको सचिवालय बैठक सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकसुरु भएको छ। नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा नेकपाको बैठक सुरु भएको हो।

बैठकमा नेकपाको आन्तरिक कार्यविभाजन अन्तर्गत विभिन्न विभागहरुको नेतृत्वको टुंगो लगाउनेबारे छलफल हुँदैछ।

नेकपा अध्यक्ष ओलीको सचिवालयका अनुसार बैठकमा विभिन्न विभिन्न विभागहरुको नेतृत्वबारे आज छलफल हुने लागेको हो। विभागको नेतृत्वबारे मोटामोटी छलफल भइसककेको भए पनि टुंगो लागिसकेको छैन।

यसअघि बिहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार ललितपुरमा पूर्व माओवादीतर्फका नेताहरु भेला भएका थिए। प्रचण्ड निवासमा भएको छलफलमा विभिन्न विभागहरुमा दिन लागिएको नेतृत्वमा आफूहरुको असन्तुष्टीबारे नेताहरुले कुरा राखेका थिए।

शनिबार साँझ बालुवाटारमा पनि पूर्व एमाले तर्फका नेताहरु भेला भएका थिए। उक्त भेलामा पनि विभागको नेतृत्वबारे नै छलफल भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।