बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिने

कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिहरुलाई २ दिने प्रशिक्षण दिने दएको छ।

उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा रहेको प्रतिष्ठानले यही साउन १६ गतेदेखि ७ वटै प्रदेशका १२ स्थानमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको हो।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको प्रतिष्ठानको बैठकले प्रशिक्षणबारे निर्णय गरेको हो।

प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जारी गरेको विज्ञप्तीमा नेपाली कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौंमा गर्ने निर्णय गरेको जनाइएको छ।

तर उक्त कार्यक्रमको मिति भने तोकिएको छैन।

यस्ताे छ विज्ञप्ती

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान
श्रावण ५, २०७६

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर ललिपुरमा आज सम्पन्न भयो । 

बैठकको निर्णय देहाय बमोजिम रहेको छ :

१.    ७ वटै प्रदेशका १२ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम श्रावण १६ गतेदेखि संचालन गर्ने । 

२.    डा. जगदीश चन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समितिको गठन गरिएको छ । समितिको सदस्यहरुमा— डा. आरजु राणा देउवा, श्री हरिहर विरही, श्री राजु नेपाल र श्री प्रसिस महरा रहनु भएको छ । 

३.    श्री तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा— श्री भद्रा पराजुली भण्डारी र श्री रामजी कंग्रेन रहनु भएको छ । 

४.    श्री खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा— श्री सुभाष पोखरेल, डा. प्रभु बुढाथोकी, श्री भद्रा पराजुली भण्डारी, श्री कमला लामिछाने, श्री भगिरथ पोद्धार र श्री योगराज शर्मा कँडेल रहनु भएको छ । 

५.    नेपाली कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय गरिएको छ । 

मुक्ति आचार्य
सचिव
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।