बुधबार, साउन २७, २०८३

आयोग पदाधिकारी सिफारिस समिति खारेज गर्न माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न गठित सिफारिस समिति खारेज गर्न माग गरेको छ।

सिफारिस समितिका सदस्यले दुरुपयोग गरेको राष्ट्रिय सम्पत्ति सरकारी बिगोसरह असुलउपर गर्न सञ्जालले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिक अधिकार हनन गरी जनताको मुख थुन्ने पञ्चायतकालीन चेत वर्तमान सरकारको कार्यशैलीमा देखिन्छ। यस्तो सरकारबाट पीडितलाई नभई पीडकलाई संरक्षण हुन्छ भन्ने कुरा निर्मला पन्त प्रकरणले देखाइसकेको छ।’

सञ्जालले सरकारले गठन गर्ने आयोगमा नजान सरोकारवाला सबैमा अनुरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो बटम लाइन भनेकै कानुन संशोधन पहिला हो।

साथै नागरिक समाज, मानवअधिकारकर्मी एवं अन्तर्र्राष्ट्रिय समुदायलाई मानवअधिकार विरोधी सरकारको पीडक केन्द्रित आयोग गठन प्रक्रियालाई असहयोग गर्न हार्दिक अपिल गर्दछौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।