बुधबार, साउन २७, २०८३

भागबन्डा मिलाउन पूर्वमाओवादीहरु छुट्टै भेलामा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादीहरु छुट्टै भेलामा बसेका छन् ।
 
पार्टीले विभिन्न विभाग, जिल्ला इन्चार्जसहितका महत्वपूर्ण जिम्मेवारी तोक्ने तयारी गरेसँगै पूर्वमाओवादीहरु भागबन्डा मिलाउन प्रचण्ड निवास खुमलटारमा भेला भएका हुन् । बैठकमा कसलाई के जिम्मेवारी दिने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

एकता प्रक्रियामा टुंगो लगाउनु पर्ने जिल्ला इन्चार्जहरु, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चलगायतका विषयमा आजै सचिवालयले टुंगो लगाउने तयारी छ।

३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको छ। पूर्व माओवादीले पाएको भागवण्डामा छलफल गरी नाम तय गर्न बैठक बसेको ती नेताले बताए। 

पूर्व एमालेतर्फकाले बिहीबार साँझ, शुक्रबार र शनिबार आफ्नो पूर्ववत समूहमा छलफल गरेका थिए । असार ३१ गते साँझ अबेरसम्म बसेको शीर्ष नेताहरूको बैठकले पूर्व एमाले र पूर्व माओवादीबीच विभागहरूको भागबण्डा गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।