बुधबार, साउन २७, २०८३

भोलिदेखि तीन दिन भारी वर्षा हुने, सतर्क रहन अपिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पर्दै–रोकिँदै गरेको मनसुनी वर्षा सोमबार (भोलि)बाट पुनः सक्रिय हुने भएको छ । मनसुन सक्रिय भएसंगै भोलि साँझबाट भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहे पनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको असरले मध्य क्षेत्र र पूर्वी तराई क्षेत्रमा भारी वर्षा हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार सोमबार, मंगलबार र बुधबार मनसुन अति सक्रिय हुने र त्यसले भारी वर्षा गराउने छ । 

विशेषगरी काठमाडौँ क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने जनाइएको छ । केही दिनयता राजधानीमा राति र दिनमै पनि भारी वर्षा हुने गरेको छ । निकै आकाश खुले पनि छिनमै बादल लागेर भारी वर्षा भइरहँदा राजधानीका ठूला तथा साना नदीमा बाढी आउन सक्ने मौसमविद्हरुले जनाएका छन् ।

वर्षासँगै बाढी पहिरो र डुबानको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन पनि उनीहरुले अपिल गरेका छन् । गत हप्ता परेको वर्षासँगै पूर्वी तराई र काठमाडौं उपत्यकाका धेरै ठाउँ डुवानमा परेको थियो । जसमा परेर ९० भन्दा धेरैको मृत्यु भएको छ भने ३५ भन्दा धेरै वेपत्ता भएका छन् । 

आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण ५ गते (आइतवार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। 

राती: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली साथै मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। पुर्व र मध्यका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

श्रावण ६ गते (सोमबार)

दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रहि पुर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पुर्व तथा मध्यका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

राती: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशको पुर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा  भारि वर्षा हुने सम्भावना छ ।

श्रावण ७ गते (मंगलबार)

दिउँसो: देशको पुर्वी र मध्य पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा  भारि वर्षा हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

राती: देशको पुर्वी र मध्य पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा  भारि वर्षा हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका एक दुई स्थानहरुमा  भारी वर्षाको सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ। पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने देखिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।