बुधबार, साउन २७, २०८३

नेकपाले आज विभाग प्रमुख र जिल्ला इन्चार्ज ताेक्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- महत्वपूर्ण जिम्मेवारीहरु बाँडफाँड गर्न सत्तारुढ दल नेकपाले सचिवालय बैठक डाकेकाे छ । 

आइतबार (आज) दिउँसो १ बजे बालुवाटारमा बस्ने बैठकले विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज लगायत विभिन्न संगठनको नेतृत्व टुङ्गो लगाउने भएको छ । आजको बैठकले एकताको सबै काम सक्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

नेकपामा विभाग, आयोग, जिल्ला इन्चार्ज, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्मा एमाले माओवादीले के कति संख्यामा लिनेबारेमा टुंगो लागिसकेको छ। ३२ वटा विभाग रहेको नेकपामा तत्कालिन एमाले पक्षले १८ र माओपादी पक्षले १४ लिने सहमति भइसकेको छ।

यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज पाउने गरि भागबन्डा मिलाइएको छ । ज्येष्ठ कम्युनिस्ट मञ्च तत्कालिन माओवादी र सल्लाहकार परिषद्को नेतृत्व तत्कालिन एमाले पक्षले लिने भागबन्डा गरिएको छ । तीन आयोगमा दुई पूर्वएमाले एक आयोग माओवादीको परेको छ।

आजको बैठकमा तत्कालिन एमाले र माओवादीले आ–आफ्नो भागमा परेका संगठन प्रमुख उपप्रमुखको नाम सिफारिस गर्ने तयारी छ। सिफारिस गरिएको नामलाई सकेसम्म आजै अनुमोदन गर्ने तयारी रहेको स्रोतले जनाएको छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।