आइतबार, साउन १७, २०८३

दुई खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने सरकारको निर्णय

सरकारले कोरोना भाइरसविरुद्धको एउटा खोप र हैजाविरुद्धको खोप छन्। कोरोनाविरुद्धको 'सार्स-कोभ-२ एमआरएनए' खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिइएको हो।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं- सरकारले दुई खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले बताए। 

सरकारले कोरोना भाइरसविरुद्धको एउटा खोप र हैजाविरुद्धको खोप छन्। कोरोनाविरुद्धको 'सार्स-कोभ-२ एमआरएनए' खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिइएको हो। 

यस्तै मन्त्रिपरिषदले अतिकम विकसित राष्ट्रहरूको उच्चस्तरीय एसिया प्रशान्त क्षेत्रको पुनरवलोकन बैठकमा भर्चुअल रूपमा सहभागी हुनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेललाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, नेपाल कानुन आयोगको अध्यक्षका लागि पूर्व मुख्यन्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्यमा पुष्परमण वाग्ले र सोधनीप्रधान सिंहलाई नियुक्त गर्ने निर्णयसमेत भएको छ। आयोग  अध्यक्षमा यसअघि नै डा विश्वनाथ पौडेल नियुक्त भइसकेका छन्। 
प्रकाशित: Aug 26, 2021| 18:21 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्