बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लवका उपत्यका ब्युरो इन्चार्ज मध्यरातमा काँडाघारीबाट पक्राउ

विप्लवका उपत्यका ब्युरो इन्चार्ज मध्यरातमा काँडाघारीबाट पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीको एक टोलीले राजधानीको काँडाघारीबाट पक्राउ गरेको हो। 

लामालाई काँडाघारीबाट शनिबार राति १२ बजे हिरासतमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले जनाएका छन् । सरकारसँग वार्ताको पहल भइरहेका बेला प्रहरीले केन्द्रीय स्तरको नेतालाई पक्राउ गरेको हो । 

लामामाथि केही महिनायता उपत्यकाको नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम विस्फोटनका घटना गराउन निर्देशन दिएको आरोपमा प्रहरीले खोततलास तिब्र पारेको थियो । प्रहरीले लामासँगै विप्लवका अर्का कार्यकर्ता रेशम तामाङलाई पनि हिरासतमा लिएको छ ।

जेठ ५ गते घट्टेकुलो र सुकेधारामा भएको विस्फोटमा ५ जनाको मृत्यु भएको थियो । जेठमा भएको विस्फोटपछि प्रहरीले लामाको खोजी गरिरहेको थियो।  घटनालगत्तै प्रहरीले राजधानीबाट विप्लवका ४ जना कार्यकर्ता समातेको थियो। 

 काठमाडौँको नागार्जुन नगरपालिकास्थित डाँडागाउँ घर भएका लामा १० वर्षे जनयुदद्धका क्रममा गम्भीर घाइते भएका थिए। उनी राम्ररी सुन्न सक्दैनन् भने आँखा पनि कमजोर छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।