शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छन्। गत जुलाई १७ मा सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन्।

‘पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,’ उनले ट्विटरमा लेखेकी छन्। उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरिन्। आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ। 

२. बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ।

इरानी सामुद्रिक गार्डले बेलायती ध्वजाबहाक ट्याङ्करलाई हर्मुज क्षेत्रबाट नियन्त्रणमा लिने क्रममा इन्धन बोक्ने उक्त जहाजमा कार्यरत १८ भारतीयसहित अन्य कर्मचारीलाई पनि सुरक्षा नियन्त्रणमा लिइएको भारतीय अधिकारीले दावी गरेका छन्। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले एएफपीसँगलाई दिएको जानकारी अनुसार शुक्रबार बन्दार अब्वास बन्दर्गाहबाट कब्जामा लिइएको ट्याङ्करमा १८ जना भारतीय नागरिकले काम गर्थे र उनीहरूलाई ट्याङ्करसँगै नियन्त्रणमा लिइएको थियो। 

३. अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रुपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानी व्यापक बनाइएको छ। अति संक्रामक र घातक इबोला भाइरसले अफ्रिकामा सन् १९७६ मा पनि हजारौंको ज्यान लिएको थियो। 

पटकपटक अफ्रिकी महादेशलाई सताउँदै आएको इबोला भाइरस पछिल्लो समय कङ्गोमा व्यापक रुपमा फैलिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोलाको पछिल्लो संक्रमणलाई तत्काल सम्बोधन गर्नुपर्ने स्वास्थ्य समस्या भन्दै ‘विश्व स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ। 
इबोला संक्रमित व्यक्तिको मृत्यु हुने सम्भावना करिब ५० प्रतिशत रहेको डब्लुएचओको भनाई छ। यो भाइरस ज्यादै संक्रामक हुन्छ र यसलाई नियन्त्रणमा ल्याउन निकै कठिन हुन्छ, खासगरी शहरी इलाकाहरुमा। 

४. साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल–साउदले अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न स्वीकृती दिएका छन्।
साउदी प्रेस एजेन्सीले शुक्रबार दिएको जानकारी अनुसार क्षेत्रीय सुरक्षा र शान्ति स्थापनाका लागि सहकार्य गर्नुपर्ने भएकाले अमेरिकी सेनालाई स्वीकृति दिएको साउदी राजाले बताएका छन्।

अमेरिकी पाँच सय सेना साउदी अरबस्थित प्रिन्स सुल्तान हवाई अखडामा रहने तय गरिएको दुई सुरक्षा स्रोतलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानका कारण सिर्जित खतराबाट अमेरिकी स्वार्थको रक्षा गर्न अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न लागिएको जनाएको छ। खाडी क्षेत्रमा पानीजहाज हिँड्ने सामुद्रिक मार्गको विषयमा इरानसँग अमेरिकाको तनाव चुलिएको बेला अमेरिकाले सामरिक अर्थ राख्नेगरी अमेरिकी सेना रियाद ल्याउन लागेको हो। 

५. अफगानी सुरक्षा फौजको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ। सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन्। सेनाका प्रवक्ता सेलाबले एक विज्ञप्ति प्रकाशन गरी गोप्य सूचनाका आधारमा सेनाले कारबाही प्रहार गरेको बताए। तर वक्तव्यमा उक्त क्षेप्यास्त्र अफगान सेनाले गरेको हो वा नेटो आबद्ध सेनाले गरेको हो भन्ने केही खुलाइएको छैन।

६. चीनको एउटा ग्यास उद्योगमा शुक्रबार बेलुका भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। 
घटनामा परी अरु १९ जना घाइते भएका छन् भने पाँच जना सम्पर्क्बिहीन रहेको स्थानीय अधिकारीहरुले जनाएका छन्। 
हेनान प्रान्तस्थित ग्यास उद्योगमा स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.४५ मा विस्फोट भएको हो।

७. केही दिनअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कांग्रेसका केही सदस्यहरु उपर रंगभेद झल्किने अभिव्यक्तिलाई खुलेआम समर्थन गरेको र जातीय असहिष्णुता एवम् साम्प्रदायिक विभेदलाई चर्काउन खोजेको भनि चौतर्फी विरोध खेपीरहेका छन्।

८. इरानी परराष्ट्र मन्त्री मोहम्मद जाबेद जरिफले अमेरिका आफै मध्यपूर्वको शान्ति खल्बल्याउने दुष्प्रयासमा तल्लीन भइरहेको बताएका छन्।

९. गौरक्षक नामक एउटा अतिवादी झुण्डले भारतको बिहार राज्यका केही गाउँलेहरुलाई खुलेआम हत्या गरिदिएका छन्।

१०. भारतीय राज्य दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दिक्षितको निधन भएको छ। उनी भारतीय राष्ट्रिय कांग्रेसबाट सन् १९९८ देखि सन् २०१३ सम्म केन्द्र शासित राज्य दिल्लीको जिम्मेवारीमा रहेकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।