बुधबार, साउन २७, २०८३

रुपैडिहा-कोहलपुर रेलमार्गको डीपीआर तयार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल-भारत प्रस्तावित १८.५ किलोमिटर सीमा पार रेल लाइनका लागि भारतले विस्तृत परियोजना रिर्पोट (डीपीआर) नेपाल सरकारलाई सुम्पिएको छ।

यो रेलमार्ग भारतको रुपैडिहाबाट नेपालको कोहलपुरसम्म हुनेछ।

उक्त रेल्वे लाईन भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको रुपैडिहा रेल्वे स्टेशनबाट जायसपुर, इन्द्रापुर, गुरुवा गाउँ, हवालदारपुर। राजहेना हुँदै कोहलपुर आइपुग्नेछ।

हिमालयन टाइम्सका अनुसार भारतले रेल्वे लाइनका लागि तयार गरेको डीपीआर नेपाल सरकारलाई सुम्पिएको छ। रेल्वे ट्र्याक सडकमार्ग सँगै हुनेछ। 

गत वैशाखमै भारतको एक कम्पनीले १६ किलोमिटर लम्बाईको रेल्वेको प्रारम्भिक नक्सा तयार पारीसकेको थियो। 

गोरखपुरबाट खटिएको आरके टेक्नो कन्सल्टेन्सिका प्राविधिक टोलीका इन्जिनियर सन्तोष त्रिपाठीसहितको प्राविधिकको टोलीले गत फागुन ३० देखि चैतको दोस्रो सातासम्म रेल्वे लाइन विस्तारका लागि सर्भेको काम सकेर नक्सा तयार पारेका थिए।

सर्भे टोलीले तयार पारेको सो प्रारम्भिक नक्सा नेपाललाई बुझाइएको थियो। 

सर्भे टोलीले सीमावर्ती रुपैडिहादेखि बाँकेको बालेगाउँ, पुरैनी हुँदै नेपालगन्जको राझा विमानस्थलको दक्षिणबाट नेपालगन्ज-कोहलपुर सडक पार गरेर नयाँ बस्ती हुँदै कोहलपुरसम्मको करिब साढे १६ किमि क्षेत्रको सर्भेको काम पूरा गरी प्रारम्भिक नक्सा तयार पारेको थियो।

रेल्वे गोरखपुरले रेल्वे लाइन विस्तारका लागि केन्द्रबाट दुवैतर्फ २०-२० मिटर गरी ४० मिटर लामो क्षेत्रको रेखांकन गरी नक्सा तयार पारेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।