मंगलबार, चैत ३, २०८२

दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दिक्षितको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँ दिल्ली- भारतको दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दिक्षितको निधन भएको छ।

तीन पटकसम्म दिल्लीको मुख्यमन्त्री बनेकी कांग्रेस आईकी वरिष्ठ नेतृ दिक्षितको शनिबार ८१ वर्षको उमेरमा निधन भएको हो।

उनको जन्म ३१ मार्च १९३८ मा पञ्जावको कपुरथलामा भएको थियो। १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री भएपछि सन् २०१४ मा उनी केरल राज्यको राज्यपाल बनेकी थिइन्।

तर उनले २५ अगस्ट २०१४ मै राजीनामा दिएकी थिइन्। 

यसै वर्ष भारतको लोकसभा निर्वाचनमा उनी भाजपाका नेता मनोज तिवारीसँग पराजित  भएकी थिइन्।

शीला सन् १९८४ देखि १९८९ सम्म कन्नोज लोकसभा सदस्य थिइन्। १९८६–१९८९ सम्म केन्द्रीय मन्त्री बनिसकेपछि सन् १९९८ देखि सन् २०१३ सम्म लगातार दिल्लीको मुख्यमन्त्री बनिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।