बुधबार, साउन २७, २०८३

साहसीहरूको खेल क्यानोइङ (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- असार साउन महिना देशभर वर्षाले खोलानाला भरिएको छ। कतै रोपाइँ को चटारो, कतै बाढीपहिरोबाट ज्यान जोगाउन सुरक्षित स्थानको खोजी, कतै पानीसँगै भरिएर आएका अग्ला झरना हेर्न जाने सोख।

काठमाडौँ सुन्दरीजलका अग्ला झरना हेर्न सहरबाट दिनहुँ मानिसको भीड लाग्छ। कोही अग्ला झरना हेर्दै मस्त हुन्छन्, कोही झरनामा नुहाएर आनन्द लिन्छन्।  कसैको भने साहसिक सौख हुन्छ।

झरनाको टुप्पोबाट डोरी र कडा धातुको अंकुशको सहयोगले ३०,३५ मिटरका अग्ला झरनाबाट झुन्डिएर तल झर्दछन् यस साहसिक खेललाई क्यानोइङ भनिन्छ।  क्यानोइङ खेल नेपालमा २०६० सालतिर भित्रिएको हो। पर्याप्त सीप, अनुभव अनि केही महँगो हुँदा सीमित सर्वसाधारणमाझ र विदेशीका लागि यो खेल मनोरञ्जन र साहसिक मानिन्छ।

प्रकृति,  साहस र सृजनशीलताको अपूर्व संगम क्यानोइङ खेल बिस्तारै नेपालीमाझ लोकप्रिय बन्दै गएको छ। पर्याप्त जनशक्ति, सीप अनि कुशल क्यानोइनरले गर्दा यो खेल जोखिम भन्दा पनि मनोरञ्जनका रूपमा लिइने कुशल क्यानोइनर दिनेश लामा बताउँछन्।

जसले पनि खेल्न मिल्ने यो खेल झरनाबाट  तल  झर्नु अगाडि कुशल क्यानोइनरको खेलका नियम र सुरक्षाका केही महत्त्वपूर्ण जानकारीका साथै क्यानोइङ गर्दा लगाउने पोसाक, विभिन्न सुरक्षाका सामग्रीहको राम्रो अभ्यासपछि मात्र यो खेल सुरु हुन्छ। यो खेलले खेलाडीको मानसिक र शारीरिक अवस्था सन्तुलित राख्न मद्दत गर्ने लामाले बताए।




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।