आइतबार, साउन १७, २०८३

सुरक्षा फौजको कारबाहीमा २४ विद्रोही मारिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कान्दहार - अफगानी सुरक्षा फौजको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ। सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन्। 

सेनाका प्रवक्ता सेलाबले एक विज्ञप्ति प्रकाशन गरी गोप्य सूचनाका आधारमा सेनाले कारबाही प्रहार गरेको बताए। तर वक्तव्यमा उक्त क्षेप्यास्त्र अफगान सेनाले गरेको हो वा नेटो आबद्ध सेनाले गरेको हो भन्ने केही खुलाइएको छैन।

आक्रमणबाट हातहतियार र विस्फोटक पदार्थ पनि नष्ट भएको छ। मुलुकका ३४ मध्ये २० वटा प्रान्तमा गत अप्रिलदेखि भिषण आक्रमण–प्रत्याक्रमण जारी छ। अफगान युद्धको शान्तिपूर्ण समाधान खोज्न कतारमा संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच वार्ता जारी रहे पनि अफगानिस्तानभित्र युद्ध भने निरन्तर चलिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।