काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा गर्ने भएको छ।
अक्टोबर १ बाट १३ सम्म माल्दिभ्समा हुने च्याम्पियनसिपका लागि नेपाली टिम सेप्टेम्बर १० मा कतार जान लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसहित नेपाली पुरुष फुटबल टिम अहिले पोखरामा अभ्यास गरिरहेको छ। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसँगको विवादमा अलमुताइरीले आचरण सुधार गर्नुपर्ने छनबिन समितिले निष्कर्ष निकालेपछि अलमुताइरीले हिजो फेसबुकमा 'आइ एम आउट, लेट पोलिटिक्स वर्क' लेखेका थिए।