बुधबार, साउन २७, २०८३

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज देशका केही क्षेत्रमा भारी वर्षा तथा अन्य केही क्षेत्रमा वर्षाको सम्भावना रहेको बताएको छ। 

मनसुन न्यून चापीय रेखा नेपालको  दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केही स्थानहरुमा ठूलो वर्षा को सम्भावना रहेको महाशाखाको अनुमान छ। 

हाल देशैभरी सामान्य देखि पूर्ण वदली रही काठमाडौंसहितका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षा भैरहेको महाशाखाले जनाएको छ। केही दिनदेखि रोकिएको पानी पर्ने क्रम अब फेरि बिस्तारै बढ्दै जाने भएको छ। 
 
आज, भोली र पर्सी प्रदेश १, ३,५ र गण्डकी प्रदेशको मध्यपहाडी तथा चुरेको भुभागबाट बहने केही साना नदीहरूमा आकस्मिक बहाव को संभावना रहेकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन समेत आग्रह गरिएको छ। देशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको र जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।