बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • असुरक्षित वैदेशिक रोजगार : ११ वर्षमा ७४६९ युवाले गुमाए ज्यान

असुरक्षित वैदेशिक रोजगार : ११ वर्षमा ७४६९ युवाले गुमाए ज्यान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – काठमाडौंबाट शनिबार प्रकाशीत हुने राष्ट्रिय दैनिकले फरक फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशीत गरेका छन्।

नयाँ पत्रिकाले असुरक्षित बन्दै गइरेहेको वैदेशिक रोजगारीको विषयवस्तुमा समाचार प्रकाशन गरेको छ भने, नागरिकले सौन्दर्य गुमाएका काठमाडौं : जथाभावी निर्माण, भद्रगोल सहर शिर्षकको समाचारलाई प्राथमिकता दिएको छ। यस्तै अन्नपूर्ण पोष्टले काठमाडौंमा रहेका पुस्तकालयको अवस्थाबारेको समाचारलाई लथालिंग पुस्तकालय शिर्षक राखेर समाचार प्रकाशन गरेको छ। 

वैदेशिक रोजगारीमा गएका युवाहरुकै रेमिट्यान्समा देशको अर्थतन्त्र सुरक्षित छ। तर, ती युवा आफै असुरक्षित छन्। वैदेशिक रोजगारीमा गएकाहरुको मृत्यु र अंगभंगको ग्राफ डरलाग्दो छ। आर्थिक वर्ष ०६५/६६ देखि ०७५/७६ को वैशाखसम्म ७ हजार ४ सय ६९ नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन्। 

यो तथ्याङ्क श्रम स्वीकृति लिएर जाने कामदारको मात्रै हो। अवैध बाटोबाट वैदेशिक रोजगारीमा जानेको संख्याा पनि धेरै छ। तैपनि सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गरेको छैन। राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार विदेशमा मृत्यु हुने नेपाली कामदारको संख्या हरेक वर्ष वृद्धि भएको छ। 

यस्तै नागरिक दैनिकले सौन्दर्य गुमाएको काठमडौं : जथाभावी निर्माण, भद्रगोल सहर शिर्षकमा समाचार प्रकाशन गरेको छ। 

धुवाँ, धुलो, हिलो र खाल्डाको परिचय बोकेको काठमाडौं। पानीजहाजका लागि सम्भावना बोकेको सहर भनी सामाजिक सञ्जालमा गएको दुईतीन दिनयता भाइरल भइरहेको छ। 

गत साता लगातार दुई दिनको वर्षाले काठमाडौंको कलंकी, ग्वार्को, इमाडोल, खसीबजार, मैत्रीनगर, सितापाइलालगायतका क्षेत्र डुबानमा पर्यो। वर्षा, बाढी र डुबानका कारण काठमाडौंमा तीन जना र ललितपुरमा पाँच जना गरी आठ जनाको मृत्यु भयो। 

मापदण्ड मिचेर खोलाछेउ बनेका संरचना, ज्यानै लाने एम्बुस सडक, भद्रगोल फुटपाथ, लथालिंग लत्रिएका तार, फोहोरको थुप्रो, दुर्गन्धित सार्वजनिक शौचालय, नदेखिने जेब्रा क्रसिङ, असुरक्षित आकाशे पुल, अव्यवस्थित सवारी पार्किङ, यत्रतत्र टाँगिएका होर्डिङ बोर्ड र ट्राफिक जामले काठमडौंलाई झनै अस्तव्यस्त बनाइरहेको छ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।