बुधबार, साउन २७, २०८३

केन्यामा पक्राउ परेका १२ जना नेपाली महिलाको उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्यामा पुगेका १२ नेपाली महिलाहरुलाई उद्धार गरिएको छ।

उनीहरुलाई नेपाल ल्याई शुक्रबार आफन्तको जिम्मासमेत लगाईसकिएको छ। ती महिलाहरु केन्याका विभिन्न होटेल तथा डान्सबारमा काम गर्ने गरेको अवस्थामा केन्या प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो।

उद्धार गरिएका महिलाहरुलाई ह्युमन ट्राफिकिङ ब्युरोको पहल तथा दूतावासमार्फत् नेपाल ल्याइएको हो।

केन्यास्थित गैरआवसीय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दुतावास, डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्या लगायत अन्य संघसंस्थाको सहकार्यमा बिहीबार अन्तर्रा्ष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई नेपाल ल्याइएको हो। 

केन्या प्रहरीले त्यहाँका होटेल तथा बारहरुमा छापा मार्दा नेपाली महिलाहरु पक्राउ परेका हुन्। केन्या प्रहरीले नेपाली महिलालाई विभिन्न क्रियाकलापमा संलग्न गराएको आरोपा होटेल मालिकहरुलाई मुद्दा चलाएको छ।

ती महिलाहरु बिभिन्न समयमा भारत हुँदै केन्या पुगेको खुल्न आएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा अन्य थप अनुसन्धान कार्य जारी रहेको उक्त ब्यूरोले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।