बुधबार, साउन २७, २०८३

राप्रपाको उत्पीडित उत्थान संगठनमा नेपाली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनको केन्द्रीय कार्य समिति पुनर्गठन गरिएको छ। संगठनको संयोजकको जिम्मेवारी श्रवण कुमार नेपाली (गुल्मी) लाई दिइएको छ। नेपालीको संयोजकत्वमा ४४ सदस्यीय तदर्थ कार्य समिति गठन भएको हो।

नवगठित कार्य समितिको सहसंयोजकमा गंगा विक (काठमाडौं), पतिराम चुनारा (कञ्चनपुर), मीना स्वर्णकार (दाङ), कोमल विक (दाङ), जुद्धबहादुर लोहनी (सुनसरी), सरला विक (काठमाडौं), बद्रीप्रसाद परियार (कास्की), निर्मला पासवान (महोत्तरी), महासचिवमा राम नेपाली (नुवाकोट) तथा कोषाध्यक्षमा रणबहादुर बोहरा (बागलुङ) छन्।

नवगठित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई एक समारोहका बीच पार्टी अध्यक्ष कमल थापाले जिम्मेवारी पत्र हस्तान्तरण गर्दै संगठनलाई बलियो बनाउन देशव्यापी अभियान सञ्चालन गर्न निर्देशन दिए। धार्मिक ग्रन्थहरुमा छुवाछूत र भेदभावलाई कतै पनि उल्लेख नगरिएको भन्दै व्यावहारिक रुपमा रहेको जातीय छुवाछूत र भेदभाव अन्त्य गर्न र भ्रम चिर्दै संगठन विस्तारमा केन्द्रित हुन समितिलाई अध्यक्ष थापाले निर्देशन दिए।

सो अवसरमा पार्टीका वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरण गुरुङ, महामन्त्री भास्कर भद्रा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता नीलकण्ठ काफ्ले लगायतका नेताहरुले शुभकामना दिएको सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।