बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढीको चपेटामा बालबालिका, दक्षिण एसियामै नेपालमा बढी प्रभावित

बाढीको चपेटामा बालबालिका, दक्षिण एसियामै नेपालमा बढी प्रभावित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालमा केही दिनअघिको भीषण वर्षा र बाढी पहिरोले ठूलो संख्यामा मानिसहरुले प्रभावित भएका छन्। करिब एक सयजनाको मृत्यु नै भएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन्। त्यस्तै बाढीका कारण विस्थापित हुनेको संख्या पनि निकै ठूलो छ।

यसपटक नेपालमा बाढी आएकै समयमा दक्षिण एसियाका भारत, बंगलादेशलगायतका देशमा पनि बाढीले ठूलो नोक्सानी पुर्याएको छ। यस्ता प्राकृतिक विपत्तिहरुमा सबैभन्दा धेरै प्रभावित हुने बालबालिका हुन्।

बालबालिकाका लागि भीषण वर्षा, बाढी, पहिरोजस्ता प्रकोपहरु नयाँ लाग्ने, यसको असरबाट बच्ने अनुभवको कमी, स्वास्थ्य समस्या तथा समग्रतामा सबै प्रकोपबाटका असरहरु बालबालिकामाथि बढी पर्ने गरेका छन्।

तर सरकारले बालबालिकामा यस्ता प्रकोपहरुबाट कम क्षति हुने तथा जोखिम न्युनिकरण गर्नेगरी कुनै पनि प्रकारको काम गरेको पाईँदैन। नेपाल सरकारले बाढी प्रभावित क्षेत्रमा सबैखाले उद्धार र राहतको प्रयास गरिरहेको भए पनि बालबालिकाका लागि भनेर छुट्टै कुनै पनि योजना बनाएको छैन।

बाढीले बालबालिकाको पढाई प्रत्यक्षरुपमा प्रभावित भइरहेको छ। अर्कोतर्फ प्रकोपको सामना कम गर्नुपरेका बालबालिका पनि विद्यालय जान सकिरहेका छैनन्, किनकी बाढी प्रभावित क्षेत्रका विद्यालयहरु विस्थापितहरुको आश्रयस्थल बनिरहेका छन्।

बाढीबाट सबैभन्दा धेरै बालबालिकाको मृत्यु

नेपाल, भारत तथा बंगलादेशलगायत दक्षिण एसियाली देशमा यसै हप्ता आएको बाढी पहिरोबाट करिब ३०० जनाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा ९३ जना बालबालिका मात्रै छन्। त्यसमा पनि सबैभन्दा धेरै ४७ जना बालबालिका नेपालका छन्। बाढीको प्रभाव र जनसंख्याको हिसाबले हेर्ने हो भने नेपालका बालबालिकामा बाढीको असर भारत र बंगलादेशको अनुपातमा निकै ठूलो छ।
बाँकी ४६ जनाको भारत र बंगलादेशमा मृत्यु भएको हो। 

भारतमा ४३ लाख बालबालिका प्रभावित भएका छन् भने बंगलादेशमा  साढे ७ लाख बालबालिका प्रभावित भएका छन्। ती देशमा ठूलो संख्यामा प्रभावित हुँदा पनि राहत र उद्धारमा दिइएको प्राथमिकताका कारण थोरै बालबालिकाले ज्यान गुमाउनु परेको छ।

संयुक्त राष्ट्र संघको बाल कोष ‘युनिसेफ’ का दक्षिण एसिया क्षेत्रीय निर्देशक जीन गोफका अनुसार वर्षा, बाढी र पहिरोबाट यो क्षेत्रमा लाखौं बालबालिका प्रभावित भएका छन्। जसलाई तत्काल राहत र उद्धारको आवश्यकता रहेको छ।

१ करोड २० लाख मानिस प्रभावित

केही आंकडाहरुका अनुसार प्राकृतिक विपत्तीका कारण दक्षिण एसियाली क्षेत्रमा मात्रै १ करोड २० लाख मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन्। र यो संख्या तीब्र रुपमा बढीरहेको छ। बाढीले थुप्रै क्षेत्रमा सडक, पुल तथा अन्य भौतिक संरचना ध्वस्त बनाएको छ। सबैखाले संरचनाहरु बाढीले भत्काउँदा वा बिगार्दा यसको धेरै प्रभाव बालबालिकामा पर्छ।

बाढी पहिरोबाट प्रभावित बालबालिकालाई तत्काल सफा पानी, खाना र बासको आवश्यकता छ। बाढी प्रभावित बालबालिकालाई सहयोगका लागि युनिसेफले सरकारी तथा गैरसरकारी संघ संस्थामार्फत् पहल गरिरहेको बताए त्यो सहयोग पर्याप्त हुन सकेको छैन।

नेपालमा २८ हजार बालबालिका प्रभावित

बाढीबाट नेपालमा ६८ हजार भन्दा धेरै मानिस विस्थापित भएका छन्। जसमा २८ हजार भन्दा बढी बालबालिका छन्। यसरी विस्थापित भएका बालबालिकालाई शारीरिक तथा मानसिक रुपमा विभिन्न समस्याहरु देखा पर्न सक्ने अवस्था देखिन्छ।

रौतहट, बारा, पर्सा, सप्तरी, सुनसरीलगायतका जिल्लामा बाढीले बढी असर पुर्याएको छ। यी जिल्लामा १३ हजार परिवारको आफ्नो घर गुमेको छ। यसरी घर गुमाएका परिवार निकै निम्न बर्गीय आर्थिक अवस्थाका हुन्।

हरेक छाक खानाको लागि संघर्ष गर्ने परिवारले अर्को घरबास आफै जोड्न कठिन अवस्था रहेको छ।

बाढी प्रभावित क्षेत्रमा तीनै तहका सरकारले विभिन्न राहत तथा सहयोगको घोषणा गरिरहेका छन्। तर यो सहयोग दीर्घकालीन नहुने भएकाले यसबाट बालबालिकाको समस्या समाधानका लागि दीर्घकालीन सहयोग पुग्ने अपेक्षा गर्न नसकिने जानकारीहरु बताउँछन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।