बुधबार, साउन २७, २०८३

युवा दिवस भव्यताका साथ मनाउन सरकारको यस्तो तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सरकारले यस वर्षको ‘अन्तर्राष्ट्रिय युवा दिवस’ भव्यताका साथ मनाउन सबैलाई आह्वान गरेको छ ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले आगामी श्रावण २७ गते अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउन सबैलाई आह्वान गरेका हुन्। युवाहरुको समस्या र समाधानका उपायको खोजी हुने गरी सो दिवस मनाउने यस वर्षको तयारी रहेको पनि युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

मन्त्री विश्वकर्माले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सरकारले श्रावण २७ गते युवा संवाद कार्यक्रम, युवा उद्यमीको सृजना प्रर्दशनी, युवा र्यालीसहितको कार्यक्रम आयोजना गर्ने तयारी गरिएको पनि उनले बताए।

राष्ट्रिय युवा परिषदको सहकार्यमा युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवा उद्यमी सम्मेलनको समेत आयोजना गर्ने कार्यक्रम तय गरेको छ। मन्त्री विश्वकर्माले युवाहरुलाई सत्मार्गका लगाउन सरकारले यस वर्षलाई युवा परिचालन वर्षको रुपमा मनाउने तयारी गरेको पनि स्पष्ट पारे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।