बुधबार, साउन २७, २०८३

डा. भट्टराईको ‘परराष्ट्रका पात्र’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपालको परराष्ट्र मामिला विभिन्न कालखण्डमा कस–कसले, कसरी चलाए ? हाम्रो परराष्ट्र नीति कसरी तय हुँदै आयो ? कुन नेता वा मन्त्रीको कार्यशैली कस्तो थियो ? पूर्व परराष्ट्रसचिव डा. मदनकुमार भट्टराईको भर्खरै प्रकाशित पुस्तक ‘परराष्ट्रका पात्र : नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक’ ले यस बारेमा तथ्यपरक जानकारी दिएको छ। 

‘यो पुस्तक लेख्नुको मेरो उद्देश्य यस क्षेत्रकै पुरानो परराष्ट्र कार्यालयबारे थप अध्ययन र अनुसन्धान, खोजी र संहिताकरणलाई झकझक्याउनु हो,’ डा भट्टराई भन्छन्, ‘यो पुस्तक एक हिसाबले नेपालको परराष्ट्र कार्यालय र यसका स्रस्टा वा प्रमुख पात्रहरुको भूमिकाको व्याख्या हो।’

कोलकातास्थित जादवपुर विश्वविद्यालयबाट नेपाल–भारत सम्बन्धमा विद्यावारिधि गरेका भट्टराईले भारतको वैदेशिक सेवाका विभिन्न पक्षको मूल्यांकन गरी महाविद्यावारिधिसमेत गरेका छन्। मुलुकको कुटनीतिक सेवामा झण्डै चार दशक बिताएका उनको यो पुस्तक विदेश अड्डाका प्रमुख सञ्चालकहरुको भूमिकावरिपरी घुमेको छ। पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो।

सन् १९७७ को लोकसेवा आयोग परीक्षामा प्रथम स्थान हासिल गरी परराष्ट्र मन्त्रालयको शाखा अधिकृतका रुपमा सेवा प्रवेश गरेका डा भट्टराई सन् २००९–११ को अवधिमा नेपालको परराष्ट्र सचिव थिए। उनी दुई वर्ष (सन् २०१६–१८) राष्ट्रपतिका परराष्ट्र मामिला एवम् कूटनीतिसम्बन्धी सल्लाहकार पनि रहे। जर्मनी र जापानमा राजदूतको जिम्मेवारी सम्हालिसकेका भट्टराई कूटनीतिअघि अध्यापन र पत्रकारितामा संलग्न थिए। 

‘परराष्ट्रका पात्र’मा जैसीकोठा र मुन्सीखाना जस्ता नेपालका प्रारम्भिक वैदेशिक अड्डादेखि त्यसका सञ्चालकहरुका बारेमा पनि थुप्रै नयाँ तथ्य समेटिएका छन्। पुस्तकमा बीपी, गिरिजाप्रसाद र मातृकाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, ऋषिकेश शाहलगायतका कुटनीतिज्ञ र राजनीतिज्ञहरुको बारेमा विश्लेषण छ। 

छोटकरीमा भन्दा, नेपाली कुटनीतिका प्रमुख सञ्चालक र उनीहरुले सञ्चालन गरेको कुटनीतिबारे सरल शैलीमा बुझाउने किताब हो– ‘परराष्ट्रका पात्र’। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।