आइतबार, साउन १७, २०८३

पाकिस्तानका पूर्व प्रधानमन्त्री अब्बासी पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी पक्राउ परेका छन्। त्यहाँको ‘नेशनल एकाउन्टिीबिलिटी ब्युरो’ अर्थात् एनएबीले खब्बासीलाई पक्राउ गरेको हो।

अब्बासीमाथि प्राकृतिक ग्यास एलएनजीको आयातका लागि ठेक्का दिने क्रममा सयौं अर्ब रुपैयाँ घोटाला गरेको आरोपमा गिरफ्तार गरिएको हो।

पाकिस्तानको समाचार च्यानल डन न्युज टिभीका अनुसार अब्बासी प्रेस सम्मेलन गर्ने तयारीमा भएका बेला गिरफ्तारीमा परेका हुन्।

अब्बासीसँगै पीएमएल–एन नेता अहसान इकबाल पनि पत्रकार सम्मेलन कार्यक्रममा थिए।

पक्राउ परेका अब्बासीलाई एकाउन्टिबिलीटी अदालतमा शुक्रबार पेश गरिने भएको छ।

पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारी र पूर्व प्रधानमन्त्री नवाज शरीफ पनि भ्रष्टाचारको आरोपमा जेलमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।