मंगलबार, चैत ३, २०८२

भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँदिल्ली - भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्नेगरी नयाँ मिति घोषणा गरेको छ। गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आगामी सोमबार अपराह्न २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिने घोषणा गरेको छ।

भारतले चन्द्रमामा भूउपग्रह अवतरण गराउने महत्वाकाँक्षी अभियान सफल बनाउन केही वर्षदेखि प्रयास गरिरहेको छ। रुस, संयुक्तराज्य अमेरिका र चीनले यस्तो सफलता प्राप्त गरिसकेका छन्।

भारतले यस परियोजनामा करिब १४ करोड अमेरिकी डलर खर्चिएको छ। अन्तरिक्ष विज्ञानका क्षेत्रमा यो हालसम्मकै सबैभन्दा सस्तो अभियान मानिएको छ। 

संयुक्त राज्य अमेरिकाले यस्तै अभियानका लागि करिब २५ अर्ब डलर अर्थात् आजको मूल्यमा १०० अर्बभन्दा बढी खर्च गरेको थियो। अमेरिकाले सन् १९६० र ७० को दशकमा चन्द्रमाका लागि १५ वटा अपोलो अभियान सञ्चालन गरिएको थियो।

आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट उक्त यान प्रक्षेपणको तयारी गरिएको इसरोले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।