बुधबार, साउन २७, २०८३

कसले तोडफोड गर्‍यो  गौतम बुद्धकाे मूर्ति ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- अज्ञात समूहले बुटवल ६ लेन सडक खण्डअन्तर्गत पर्ने नयाँ मिल शंकरनगर सडकमा राखिएका गौतम बुद्धका ५ वटा मूर्ति तोडफोड गरिएको छ।

बुद्ध मूर्ति अज्ञात समूहले तोडफोड गरेको हो । तिलोत्तमा नगरपालिकाले लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर गत वैशाख १ गते शंकरपुरदेखि जोगीकुटीसम्म २–३ सय मिटरको दुरीमा बुद्धका २२ वटा मूर्ति राखेको थियो । उक्त मूर्तिको प्रदेश सरकारका पर्यटनमन्त्री लिल गिरीले अनावरण गरेका थिए ।

शान्तिका प्रतीक बुद्ध मूर्ति रातरात तोडिनु अपराधको पराकाष्ठा भएको तिलोत्तमा नगरका प्रमुख वासुदेव घिमिरेले बताए । उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि बुद्धनगरमा राखिएको बुद्धका मूर्ति तोडफोड गर्नेलाई तत्काल पक्राउ गरेर कडा कारबाही गर्नुपर्दछ । हामीले खबर पाउनासाथ प्रहरी प्रशासनलाई भनिसकेका छौं । हामी पनि आफ्नो तरिकाले यो विषयलाई गम्भीर रुपमा लिएर खोजतलास गर्दैछौं ।’

बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर र तिलोत्तमा नगरको छ लेन सडकमा बुद्धका मूर्तिहरु नगरपालिकाको लगानीमा राखिएको छ । रातिको समयमा बुद्धको मूर्तिहरु तोडिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए । 

उनले भने, ‘सुरक्षाको युनिटहरु परिचालित भइसकेको छ । हामीले गहिरो ढंगले अध्ययन अनुसन्धान गर्दैछौं । अपराधी छिट्टै पत्ता लाग्छ र कानुनी कारबाहिमा पर्नेछ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।