बुधबार, साउन २७, २०८३

पहिरोले अवरुद्ध सिद्धिचरणमार्ग अझै खुलेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कटारी- उदयपुर जिल्लाको कटारी हुँदै बेतिनी, घुर्मी भएर खोटाङ–ओखलढुङ्गासम्म जोड्ने सिद्धिचरण लोेकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–८ ठाँटीमा अवरुद्ध भएको सडकको ट्र्याक समयमा खुल्न नसक्दा अहिले यस क्षेत्रमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ ।

एक हप्ताअघि आएको अविरल वर्षाका कारण सिद्धिचरण लोकमार्गअन्तर्गत कटारीको बेतिनीस्थित ठाँटीमा पहिरोले सडक पुरिएपछि अहिले अर्को नयाँ ट्र्याक खोल्न निकै जटिल बनेका कारण समयमा सो मार्ग खुल्न नसकेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

पुरानो सडक सबै भत्किएर झरेको र केही भाग पहिरोले  पुरिएपछि अहिले सडक डिभिजन कार्यालय सिरहा लाहानको दुई डोजरले सडकको नयाँ ट्र्याक खोल्न शुरु गरेका कारण सो क्षेत्रमा समयमा सडक खुल्न नसकेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए । 

एक हप्ताभन्दा लामो समयदेखि यस क्षेत्रमा सडक अवरुद्ध भएपछि अहिले कटारीदेखि बेतिनी घुर्मीसम्म यातायातका साधन आवतजावत गर्न कठिनाइ हुनपुगेको छ भने ओखलढुङ्गा तथा खोटाङ क्षेत्रसँग समेत यातायातको सम्पर्क टुट्न पुगेको कटारीका यातायात व्यवसायी जीवन मगरले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।