बुधबार, साउन २७, २०८३

आजै आउने भयो भारतीय पाइपबाट तेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भारतबाट पाइपलाइनमार्फट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको छ ।
 
भारतीय आयल कर्पोरेसन (आइओसी)को अनुदान सहयोगमा निर्माण भएको पाइपलाइनको सबै परीक्षण सकिएपछि बुधबारबाट डिजेल पठाउन सुरु गरिएको हो ।

बुधबार दिउँसो २ बजे आइओसीको मोतिहारी डिपोबाट डिजेल छाडिएको छ । बुधबार छाडेको डिजेल १८ घन्टापछि बिहीबार साँझ ६ बजे नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आइपुग्ने निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले बताए ।
 
पाइपको तेल भण्डारण गर्न अमलेगखन्जको डिपोमा चारवटा ट्यांकी तयार छन् । ती ट्यांकीसम्म तेल लैजान पाइप पनि फिटिङ भइसकेको उनले जानकारी दिए । तर, पटना–मोतिहारी १ सय ९९ किलोमिटर पाइप पानीले सफा गरेर मात्रै डिजेल छाडिएकाले त्यसलाई शुद्धिकरण गरेर मात्रै खन्याइने भएको छ ।

पानी मिसएको पेट्रोलको शुद्धिकरणसँगै यसको औपचारिक उद्घाटन गरेर अमलेखगन्ज डिपोमा नखन्याइने डिपो प्रमुख यादवले बताए । उद्घाटनको तयारीसमेत सुरु भएको छ । प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गराउने तयारी भएको छ ।
 
नेपालको लाइफ लाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम सकिएसँगै  पानीको प्रेसर पठाएर परिक्षण गरिएको थियो । यसको सफलतासँगै बुधबार डिजेल पठाइएको हो ।
 
मोतीहारी–अमलेखगन्ज रुटमा ६९.९ किलोमिटरसम्म पाइप बिछ्याइएको छ । भारततर्फ मोतीहारीदेखि रक्सोलसम्म ३२.६५ किलोमिटर छ ।

नेपालतर्फ रक्सोलदेखि अमलेखगन्जसम्म ३७.२५ किलोमिटर पाइप बिछ्याइएको छ । यसमध्ये पछिल्लो समय पथलैयादेखि अमलेखगन्जसम्मको ९ किलोमिटर खण्डमा जंगलको बीचैबीच पाइप बिछ्याइएको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।