बिहीबार, वैशाख ३, २०८३

एक शर्तमा नेयमारले पिएसजी छोड्न सक्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले पेरिस सेन्ट जर्मन (पिएसजी)को एक साताको प्रि-सिजन प्रशिक्षण पछि क्लबमा पुगेका छन् । पिएसजीमा पुगेसँगै नेयमारले क्लबका निर्देशक लियोनार्डो सहित अन्य प्रमुख व्यक्तित्वसँग भेट गरेका छन् । 

भेटमा नेयमारले आफुले क्लब छोड्न चाहेको व्यक्त गरेको स्पेनिस डेली स्पोर्टस्ले जनाएको छ । डेली स्पोर्टस्का अनुसार नेयमारको प्रस्ताव क्लबले पनि स्वीकार गरेको जनाएको छ । तर, क्लबले उनको प्रस्तावमा एक शर्त राखेको छ । 

क्लबले नेयमारका लागि सहि मुल्यको प्रस्ताव आए मात्र छोड्ने बताएको छ । सोमबारको बैठकमा यो बताइएको छ की नेयमारले क्लब छोड्न चाहेमा दुई वर्ष पहिले तिरेको विश्व कीर्तिमानी रकमको भुक्तान गर्नु पर्ने छ । 

नेयमारलाई २०१७ मा बार्सिलोनाबाट पिएसजीले विश्व कीर्तिमानी मुल्यमा अनुबन्ध गरेको थियो। तर, हाल उनी पूनः बार्सिलोना फर्किन चाहेको चर्चा छ । बार्सिलोना पनि नेयमारलाई पुनः क्लबमा फर्काउन कसरतमा रहेको छ । नेयमारले क्लब छोड्न चाहेकै कारण प्रि-सिजनको पहिलो खेल खेलेका थिएनन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।