मंगलबार, माघ ६, २०८२

युवा खेलाडीको मुहारमा सावित्रा खोज्दै नेपाली फुटबल टिम

‘नयाँ बहिनी पनि सबै राम्रा आएका छन्। साम्बा नभएको मात्रै हो। ‘साम्बा’ को स्थानमा अरु बहिनीहरु आएका छन्। साम्बा एउटा नभएर त्यस्तो फरक पर्दैन,’ कप्तान रेनुकाले भनिन्।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं–  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेणुका नगरकोटीले घाइते सावित्रा भण्डारी (साम्बा) बिना पनि नेपाली टोली एएफसी एसिया कप छनोटको खेल खेल्न तयार रहेको बताएकी छन्। सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा बिहीबार बिहान पत्रकारसँग बोल्दै कप्तान रेनुकाले कतार अस्पेटारमा घुँडाको शल्यक्रिया गरी आराम गरिरहेकी सावित्राबिना पनि युवा खेलाडीले एसिया कप छनोटको खेल खेल्ने तर्क गरेकी हुन्। यद्यपि सावित्राको स्थान कसले पूरा गर्ला भन्ने अन्योल भने कायमै छ। त्यसैले धेरैको आस युवा खेलाडीतर्फ छ।

National life

‘नयाँ बहिनी पनि सबै राम्रा आएका छन्। साम्बा नभएको मात्रै हो। ‘साम्बा’ को स्थानमा अरु बहिनीहरु आएका छन्। साम्बा एउटा नभएर त्यस्तो फरक पर्दैन,’ कप्तान रेनुकाले भनिन्। गत फागुनमा भएको महिला राष्ट्रिय लिगमा नेपाल पुलिसविरुद्ध मैदानमा ‘ल्यान्ड’ हुने क्रममा साम्बालाई घुँडामा चोट लागेको थियो। त्यसपछि गरिएको एमआरआईमा उनको घँडामाको ‘एसीएल’ च्यातिएको पुष्टि भएको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार फुटबल एसोसिसिएसनको सहयोगमा सावित्राको अस्पेटार अस्पतालमा शल्यक्रिया गराइसकेको छ। हाल उनी सामान्य हिँड्डुल गर्न थालेकी छन्। ‘रिकवरी’ पछि मैदान फर्कन भने केही महिना अझै कुर्नुपर्नेछ। नेपालको राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा दक्षिण एसियाली महिला फुटबलमा उत्कृष्ट स्ट्राइकरमध्ये पहिलो नम्बरमा गनिँदै आएकी छन्।

सावित्राले एएफसी एसिया कप २०२२ अन्तर्गत समूह ‘एफ’ का सबै खेल गुमाउनेछिन्। असोज २ गते हुने फिलिपिन्स र ५ गते हङकङसँगको खेल गुमाउने पक्का छ। यस्तै उनले भदौ २४ र २७ गते बंगलादेशसँग हुने खेलसमेत गुमाउने छन्। यति बेला नेपाली टिमले प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा एन्फा मैदानमा दिनको दुई समय अभ्यास गरिरहेको छ।

राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता सावित्राको चोटसँगै पुरा टिम नयाँ सावित्राको खोजीमा छ। प्रशिक्षक ग्यारीसमेत नयाँ खेलाडीलाई सावित्राको स्थान दिन चाहन्छन् र त्यसैको परीक्षणमा छन्।

Laxmi sunrise bank
kumari
‘हामीले एसियन लेभलमा खेल्न पाएको छैन। त्यसैले हौसला पनि छ। छनोटको लागि खेल्ने हो। छनोट नभए पनि सबै युवा छन्। आगामी दिनमा यस्तो खेलले हौसला प्रदान गर्नेछ।’

कप्तान रेनुका नयाँ खेलाडी टोलीमा आएको र सबैको परीक्षण भैरहेको बताउँदै अहिले नै सावित्राको स्थान लिने खेलाडीबारे भन्न नसकिने जानकारी गराउँछिन्। ‘अहिले नै भन्न सकिँदैन। प्रशिक्षकले सबैलाई परीक्षण गराइरहनुभएको छ। यसैले सावित्राको स्थान लिन्छ भन्ने छैन। सबैजना अहिलेको अभ्यासमा बराबरी छन्। सावित्रा छैन भनेर एकदमै निराश हुनुपर्ने ठाउँ छैन। नयाँ बहिनीहरु राम्रा छन्। अझ सबैजना युवा छन्। उमेर समूहमा सबैले खेलेका छन्। त्यसैले निराश हुनु पर्दैन,’ उमेर समूहमा समेत नेपालको प्रतिनिधत्व गरेकी मिडफिल्डर रेनुकाले भनिन्।



एन्फा कम्प्लेक्समा अभ्यासरत नेपाली महिला फुटबल टोली। तस्बिर :  दिनेश श्रेष्ठ

रेनुकाले दुई वर्षअघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि नेपाली टिममा धेरै परिवर्तन भएको र युवा खेलाडीलाई एसिया कप छनोट एउटा अवसर पनि रहेको बताइन्। उनले यसअघि समेत हङकङसँग खेलिसकेको र यसपटक कुनै तनाव नलिइ खेल्ने र एसिया कप छनोट नभएपछि आगामी दिनमा युवा खेलाडीलाई अन्य ठूला टिमसँग खेल्ने हौसला प्रदान गर्ने बताइन्।

‘दुई वर्षपछि खेल्न जाँदैछौं। टोलीमा धेरै परिवर्तन भएको छ। सागमा धेरै सिनियर खेलाडी थियौं । यो पटक नयाँ खेलाडी आएका छन्। नयाँ खेलाडीले पनि उमेर समूह खेलेकाले त्यस्तो फरक पार्दैन,’ उनले भनिन्, ‘हामीले एसियन लेभलमा खेल्न पाएको छैन। त्यसैले हौसला पनि छ। छनोटको लागि खेल्ने हो। छनोट नभए पनि सबै युवा छन्। आगामी दिनमा यस्तो खेलले हौसला प्रदान गर्नेछ।’

प्रकाशित: Aug 26, 2021| 16:27 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।