बुधबार, साउन २७, २०८३

रकम भुक्तानी लिन गएका अध्यक्ष मृत भेटिए 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - कञ्चनपुरमा एक उपभोक्ता समितिका अध्यक्ष बेपत्ता भएको ५ दिन पछि मृत फेला परेका छन्। शुक्रबार देखि हराइरहेका जिल्लाको भीमदत्त नगरपालिका—७ का वसन्तबहादुर सिंहको चुरे जङ्गलमा शव फेला परेको हो। उनी भीमदत्त नगरपालिका—७ मा सञ्चालन भएको एक योजनाका उपभोक्ता समितिका अध्यक्ष समेत थिए। 

सिंहको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले महाकाली जनसेवा माध्यमिक विद्यालयमा रङ्ग रोगन गरेको थियो।  सोही कामको रकम भुक्तानी लिन गत शुक्रवार नगरपालिका कार्यालय गएका उनी बेपत्ता भएका थिए। 

उनको मृत्यु संस्कापद भएको भन्दै परिवारले अनुसन्धान हुनुपर्ने माग गरेका छन्। सिंहले प्रयोग गरेको मोबाइल लोकेशनका आधारमा खोजी गर्दा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।