बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : अन्तिम दुई दिनमा २ अर्बभन्दा बढी पूँजीगत खर्च

प्रदेश २ : अन्तिम दुई दिनमा २ अर्बभन्दा बढी पूँजीगत खर्च

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – होटेलमा योजना मूल्यांकन कान्डले चर्चा पाएको प्रदेश २ मा दुई दिनमा २ अर्बभन्दा बढी पूँजीगत खर्च भएको छ। आर्थिक वर्षको अन्तिम दुई दिन अषाढ ३० र ३१ गते गरी प्रदेश २ मा २ अर्ब ८५ करोड ६७ लाख ५२ हजार ५९१ रुपैयाँ पूँजीगत खर्च भएको हो।

आर्थिक वर्ष २०७५/०७६ मा कुल १५ अर्ब ९ करोड ६३ लाख ४४ हजार खर्च भएको प्रदेश २ मा पूँजीगततर्फ ८ अर्ब ४६ करोड ५४ लाख ४ हजार रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। 

यसैगरी चालुतर्फ ६ अर्ब ६३ करोड ९ लाख ३९ हजार ४५८ रुपैयाँ खर्च भएको छ। गत आर्थिक वर्षमा विनियोजन भएको पूँजीगत बजेट मध्ये प्रदेश २ मा करिब ५० प्रतिशत रकम खर्च भएको छ।

गत आर्थिक वर्षमा चालुतर्फ १२ अर्ब ६६ करोड ८१ लाख ६३ हजार र पूँजीगततर्फ १७ अर्ब २२ करोड ८२ लाख ४५ हजार २९६ रुपैयाँ विनियोजन भएको थियो।

गत आर्थिक वर्षमा सबैभन्दा बढी महोत्तरीले ७०.३७ प्रतिशत पूँजीगत खर्च गरेको छ। विनियोजन गरिएको ८५ करोड ४८ लाख ४१ हजार २५० रुपैयाँ मध्ये महोत्तरीमा ६० करोड १५ लाख ५७ हजार ६८९ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

यसैगरी सबैभन्दा कम पूँजीगत खर्च प्रदेश २ को धनुषामा भएको छ।  धनुषामा विनियोजन भएको ७ अर्ब ३८ करोड ६५ लाख ७७ हजार ५ सय ४६ रुपैयाँ मध्ये २ अर्ब ७१ करोड ४० लाख ५ हजार ५ सय २१ रुपैयाँ अर्थात ३६.६९ प्रतिशत खर्च भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।

यसैगरी सप्तरीमा ६४.७७, सिरहामा ५५.६१, सर्लाहीमा ६५.१९, रौतहटमा ६३.४८, बारामा ५१.८५ र पर्सामा ५०.१८ प्रतिशत पूँजीगत बजेट खर्च भएको छ।

मंगलबार अबेर रातीसम्म होटेलमा बसेर योजनाहरु मूल्यांकन गरेर चेक काट्ने काम भइरहेपनि उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय र पूर्वाधार कार्यालयमा कतिपय फाइलहरु थन्किएको बताइएको छ। मन्त्रालय स्रोतका अनुसार आवश्यक कागजातहरु पुर्याउन नसक्दा कतिपय योजनाको मूल्यांकन हुन नसकेपछि फाइल थन्किएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।