शनिबार, चैत ७, २०८२

दक्षिण एसियाका ६० लाख मानिस बाढीको खतरामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
ढाका - दक्षिण एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ। 

मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो।
 
केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ। प्राप्त पछिल्लो समाचारअनुसार भारतको कुनै एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका छन्।  त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ। त्यस्तै यहाँका अरु पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ। 

त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन्। ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धार कार्य गरिरहेको छ। आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग सो समितिले ती देशमा उपलब्ध गराइरहेको छ।
 
रेडक्रसका अनुसार बाढी आउने क्रम बढ्दो रुपमा रहेको छ र यसबाट अझै पनि कैयौँ नागरिक विस्थापित हुने र क्षति ब्यहोर्नुपर्ने अवस्था रहेको छ। 

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले भने, 'बाढीको प्रकोप दिन प्रतिदिन बढ्दो छ, विस्थापित हुनेहरुको संख्या पनि प्रतिदिन बढिरहेको छ।'  उनले बाढीका कारण मृत्यु हुने नागरिकको संख्या पनि प्रतिदिन बढ्दो रुपमा रहेको जानकारी दिएका छन्। 

यही हिसाबले अरु केही दिनसम्म बाढीको प्रकोप बढ्दै जाने हो भने दक्षिण एसियाली देशका कम्तमिा पनि ६० लाख नागरिकलाई यस प्रकोपले क्षति पुर्याउन सक्ने अनुमान गरिएको पनि उनले बताए।

अहिले आफूहरु आपतकालीन व्यवस्थापनमा जुटिरहेको जानकारी उनले दिए। 'बाढीले निम्त्याएको संकटको समाधानका लागि कार्यरत छौँ तर मनसुन भर्खरै सुरु भएकोले यसले अझै पनि ठूलो क्षति पुर्याउन सक्ने खतरा रहेको छ।', उनले भने। 

भारतीय राज्य आसाममा मात्र दश लाख नागरिक विस्थापित भएका छन्।  यहाँ ब्रम्हपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा पनि ७५० गाउँ नै बगाएको छ। त्यसैगरी नेपालको पनि दक्षिणपूर्वी भूभागमा बाढीले क्षति पुर्याएको छ। यहाँ बाढीका कारण दर्जनौँ नागरिकको ज्यान गएको छ। 

उता बङ्गलादेशमा पनि बाढीले ठूलो असर पुर्याएको छ। जसका कारण यहाँका करिब १४ हजार नागरिक विस्थापित भएका छन्। यहाँ बाढीले ११ हजार भन्दा बढी घर बगाएको छ। भारी वर्षा र यसका कारण बाढी आउने क्रम जारी नै रहेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।