बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पप्पुको टेकु पुलमा विवाद कायमै, सात दिनभित्र भत्काउन निर्देशन

पप्पुको टेकु पुलमा विवाद कायमै, सात दिनभित्र भत्काउन निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - पप्पु कन्स्ट्रक्सनले बनाएको काठमाडौंको टेकु पुलको विवाद जारी छ। केही दिन यता बन्द गरिएको पुलका विषयमा सडक डिभिजनले अर्को निर्देशन जारी गरेको छ।

सडक डिभिजन काठमाडौं मिनभवनले टेकु पुलको गलत संरचना भत्काएर निर्माण गर्न सात दिनको समय दिएको छ।

टेकुस्थित विष्णुमती पुलमा इन्जिनियर (परामर्शदाता) को निर्देशन र ठेक्का स्पेसिफिकेशनको अन्यथा हुने गरि पुलको सुपर स्ट्रक्चर निर्माण गरिएको सडक डिभिजिनको ठम्याइ रहेको छ। जसलाई सात दिनभित्र सुधार्न निर्देशन दिइएको छ। 

यता पप्पु कन्स्ट्रक्सनले सम्पूर्ण कुराको टेस्ट गरी आवश्यक सुधार गर्न तयार रहेको बताएको छ। 

सडक डिभिजनले ठेक्का तोड्ने सम्बन्धमा दिएको चेतावनी उपयुक्त नरहेको भन्दै पप्पु कन्स्ट्रक्सनले परीक्षण पछि आवश्यक सुधार गर्न तयार रहेको जनाएको छ।

सडक डिभिजनको सूचनामा तोकेको मापदण्ड अनुसार निर्माण कार्य नगरे ठेक्का तोडेर नियमानुसार कारबाही हुने भनिएको छ।

तत्कालिन दिगो शहरी यातायात आयोजनाबाट निर्माण गरिएको ६२ मिटर लामो उक्त पुल एसियाली विकास बैंकको २० करोड १३ लाख रुपैयाँ ऋण सहयोगमा बनेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।