आइतबार, साउन १७, २०८३

मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका परीक्षा पुनः स्थगित

बिहीबार एक सूचना जारी गर्दै विश्वविद्यालयले भदौ २७ देखि सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित गरिएको जानकारी दिएको हो।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं- मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)ले व्यवस्थापन संकाय तर्फका सबै तहका परीक्षा पुनः स्थगित गरेको छ। बिहीबार एक सूचना जारी गर्दै विश्वविद्यालयले भदौ २७ देखि सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित गरिएको जानकारी दिएको हो।

परीक्षाहरू अनिश्चितकालका लागि स्थगित गरिएको छ। परीक्षा स्थगित गर्नुको कारण भने परिस्थिति असहज भएको उल्लेख गरिएको छ।

अहिले उपकुलपति तथा डिनको कार्यालयमा तालाबन्दी छ। आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले ती कार्यालयमा तालाबन्दी गरेका हुन्। 

'परिस्थिति सहज भएपछि' परीक्षा हुनुभन्दा १५ दिनअघि सूचना गरी नयाँ परीक्षा तालिका सार्वजनिक गरिने विश्वविद्यालयको परीक्षा शाखाले जानकारी दिएको छ।

प्रकाशित: Aug 26, 2021| 15:15 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्