बुधबार, साउन २७, २०८३

धुलिखेलमा बुहारीले गरिन् सासूको हत्या 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काभ्रे- धुलिखेल नगरपालिका–१ देवीटारमा एक बुहारीले सासूको हत्या गरेकी छिन् । 

मंगलबार राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासू माइलीमाया तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपाको शिर मेमोरियल अस्पतालमा राति १ बजे ज्यान गएको हो । 

रक्सी खाएकी सासूसँग झगडा गरी हत्या गरेकी २४ वर्षीया बुहारी सुन्तलीलाई घटनालगत्तै पक्राउ गरी बनेपा इलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

सुन्तलीद्वारा ससुरा र श्रीमानकै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काइ सासूको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।