बुधबार, साउन २७, २०८३

बर्दिवासको सडकमै शव भेटियो : हत्या की दुर्घटना ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

महोत्तरी- वीपी राजमार्गमा अबस्थित बर्दिवास–३ गौरीडाँडामा एक युवकको शव फेला परेको छ । 

गौरीडाँडाको स्मृतिपार्क नजिकै मंगलबार मध्यरातमा साेही स्थानका ३६ वर्षीय श्रवण थापाकाे शव भेटिएको प्रहरीले जनाएको छ । 

रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले थापाको शव फेला पारेको हो। घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको छ।

शव नजिकै थापाको प्रदेश–०२–००१प ३०५४ नम्बरको स्कुटर ठिक अवस्थामा र हेलमेट भने फुटेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए।

उनको दुर्घटनमा मृत्यु भएको हो की हत्या गरिएको हो भन्ने एकिन हुन नसकेको उनले जानकारी दिए । घटनाको बारे अनुसन्धान भइ राखेको र शव जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।