मंगलबार, चैत ३, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
भारतीय माया नगरी मुम्बईको एउटा चारतले भवन भत्किँदा तीन जना मारिनुका साथै ३० जना पुरिएका छन्। पुरिएका मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको खोजीकार्यमा संलग्न अधिकारीले बताएका छन्। 



चीन–अमेरिका व्यापार युद्ध चर्किँदै जाँदा चीन सरकारले ताईवानसँग हतियार कारोबार गर्ने सम्पूर्ण अमेरिकी व्यापारिक प्रतिष्ठानहरुलाई प्रतिबन्ध लगाएको छ । साथै चीन–ताईवानबीचका तटीय क्षेत्रहरुमा चीनले युद्ध अभ्यास सुरु गरेको छ।

 
विगत पाँच वर्षको दौरानमा जम्मु–कश्मिर क्षेत्रमा आतंकवादीहरुको नाममा मारिनेको संख्या ९ सय ६० पुगेको भारतीय केन्द्रीय गृह राज्यमन्त्री जिके रेड्डीले जनाएका छन्।



चीनले ताईवान नजिक सैन्य अभ्यास सुरु गरेपछि ताईवानी राष्ट्रपति चाई इङ–वेनले ताईवानी जनतालाई सचेत गराएकी छिन्।



भारतको चन्द्र अभियान प्राविधिक गडबडीका कारण केही समयका लागि स्थगित गरिएको इस्रोका वैज्ञानिकहरुले बताएका छन्।



कंगोको गोमा सहरमा इबोला भाइरसको संक्रमण भएको अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनका चिकित्सकहरुले जनाएका छन्। रुवाण्डाको सीमा क्षेत्रमा रहेको उक्त सहरमा छिट्टै नै उक्त भाइरसको प्रकोप बढ्ने बताइएको छ। 



अमेरिकी ट्रम्प प्रशासनले ताईवानलाई आफ्नो अव्राहम्स लडाकु ट्याङ्क तथा स्टिन्जर क्षेप्यास्त्र बेच्न अनुमति दिएको छ। 



पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाजले वर्तमान पाकिस्तानी सरकारविरुद्ध संघर्षमा आफूले नेतृत्व गर्ने बताएकी छिन्। उनका पिता हाल पानामा पेपर्स काण्डमा जेलमा परेका छन्।



बंगलादेशी जातीय पार्टीका अध्यक्ष हुसेन मोहम्मद एर्सादको अन्तिम संस्कारका लागि ढाकामा एउटा विशेष कार्यक्रमका बीच उनको शवलाई सार्वजनिक श्रद्धाञ्जली दिन राखिएको छ। विभिन्न राजनीतिक दल एवं सामाजिक संघ संस्थाका प्रतिनिधिहरु श्रद्धाञ्जलीका उपस्थित भएका थिए।



इरानले कुनैपनि किसिमका आणविक सम्झौता उल्लंघन गरेको कुरा प्रमुख होइन तर, उसलाई शान्ति प्रक्रियामा कसरी ल्याउन सकिन्छ भन्ने कुरा प्रमुख भएको युरोपेली सघका परराष्ट्र नीति प्रमुख फेदेरिका मोगेरेणीले जनाएकी छिन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।