मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इन्डिया–नेपाल–बंगलादेश त्रिदेशीय महिला कप खेलाउने एन्फाको तयारी

इन्डिया–नेपाल–बंगलादेश त्रिदेशीय महिला कप खेलाउने एन्फाको तयारी

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले इन्डियाले नेपाल आउन चाहे त्रिदेशीय महिला कप गराउने बताएका छन्।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले इन्डियाले नेपाल आउन चाहे त्रिदेशीय महिला कप गराउने बताएका छन्।

आज सातदोबाटोस्थित एन्फा कम्लेक्समा सुरु भएको सी डिभिजन लिग छनोट खेलको उद्घाटन कार्यक्रममा बोल्दै शेर्पाले यसबारे कुरा गरेका हुन्। ‘आज बेलुकासम्ममा आउन सक्ने वा नसक्ने भन्ने टुंगो लग्छ। इन्डियाले नेपाल आउन इच्छा देखाए हामी तीन देशीय महिलासँग प्रतियोगिता गर्नेछौं,’ उनले भने।

नेपाली राष्ट्रिय महिला टिमले आउँदो एसिया कप छनोटको तयारी गरिरहेको छ। र, महिला टिमले बंगलादेशससँग खेल्ने तय भएको छ। यसकारण इन्डिया पनि नेपाल आउन इच्छुक भए त्यसलाई तीनदेशीय कप बनाएर प्रतियोगिता गराउने एन्फा अध्यक्ष शेर्पाले बताएका हुन्।

नेपाली महिला टिमले एसिया कप छनोट खेल्न उज्वेकिस्तान जानुअघि बंगलादेशविरुद्ध दशरद रंगशालामा भदौ २४ र २६ मा दुई खेल खेल्ने तय छ। त्यसमा एक इन्डिया थप गर्न सके राम्रो प्रतियोगिता हुने एन्फाको लक्ष्य छ।

त्यस्तै उनले आज सी डिभिजन छनोट खेल उद्घाटन गर्दै  विभिन्न कारणले गएको वर्ष सी डिभिजन छनोट गर्न नसकेको बताएका छन्। महामारीले गर्दा विषम परिस्थितिमा पनि खेल सञ्चालन गर्न सहयोग गर्न सबैलाई धन्यवाद दिएका छन्।

‘कोभिडले खेलको चेनब्रेक भएको थियो। त्यसलाई अघि बढाउनु पर्ने थियो। विस्तारै सी डिभिजन र बी डिभिजन पनि सुरु गर्ने योजना बनाउँदै छौं,’ उनले भने, ‘अब आउने प्रतियोगितामा चाहिँ खेलाडीहरुलाई भ्याक्सिन उपलब्ध गराउने छौं।’

गएको वर्ष खलाडी खेल्न नपाएका कारण धेरै बेरोजगार भएका थिए। त्यसमा नेपाल सुपर लिग सञ्चालन गरेर खेलाडीलाई राहत दिएका उनले बताएका छन्।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले महामारीबीच खेल गतिविधि अघि बढाउनुपर्छ भनेर एन्फाले गरेको कामलाई स्वागत गर्नुपर्ने बताए।

उनले भने,‘ मैले बुझेअनुसार सातै प्रदेशका ७८ वटा टिमलाई लिएर खेल भइरहेको छ। यो छनोटले मेचीदेखि महाकालीसम्मका प्रतिभालाई उजागर गर्नेछ। यो सी डिभिजन छनोट मात्र होइन। यहाँ राम्रो खेल्ने खेलाडीले सी र बी डिभिजन क्लबमा खेलाडी छनोटको अवसर पनि हो।’

प्रकाशित: Aug 26, 2021| 14:48 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।