बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेशका मन्त्रीले बाढी पीडितलाई एक महिनाको तलब दिने

प्रदेशका मन्त्रीले बाढी पीडितलाई एक महिनाको तलब दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – प्रदेश सरकारका मन्त्रीहरुले बाढी प्रभावितहरुलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन्। अबिरल वर्षापछि प्रभावित भएका परिवारलाई सहयोग गर्न प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीहरुले समेत एक महिनाको तलब दिने निर्णय गरेका छन्।

मंगलबार बसेको मन्त्री परिषद्को बैठकले राहत, उद्धार तथा पुुनस्र्थापनालाई तिव्र बनाउने निर्णय गर्दै एक महिनाको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो।

साथै मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफ्नो क्षेत्रमा पुगेर राहत कार्यमा जुट्न आग्रह समेत गरेको छ ।

बाढी प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेश सरकारका प्रमुख सचिव दीपक सुवेदीको संयोजकत्वमा राहत आपूर्ति तथा अनुगमन समितिसमेत गठन गरेको छ। समितिमा सबै मन्त्रालयका सचिवहरु सदस्य रहने छन्।

समितिले पीडित परिवारलाई राहत पुर्याउन आवश्यक सामग्रीको आपूर्तिसहित अनुगमन र निरीक्षणसमेत गर्नेछ । प्रदेश सरकारले यसअघि राहत वितरण गर्न प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन गर्ने जिम्मासमेत समितिलाई दिइएको छ ।

प्रदेश सरकारले यसअघि बाढीमा परी मृत्यु हुने परिवारलाई तीन लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।